दफा २८
स्थानीय बजार अनुगमन समिति
(१) यस ऐन बमोजिम उपभोक्ताको अधिकार संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विपषयमा बजारको स्थलगत: सुपरीवेक्षण तथा अनुगमन गर्नको लागि सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्थानीय बजार अनुगमन समिति गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको समितिमा आवश्यक सङ्ख्यामा स्थानीय तह अन्तर्गतका निकाय तथा उपभोक्ताको समेत प्रतिनिधित्व हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम गठन हुने स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा अन्य आवश्यक कुराहरू तोकिए बमोजिम हुनेछ।
(४) उपदफा (१) बमोजिम गठन हुने स्थानीय बजार अनुगमन समितिले आवश्यकता अनुसार बजार अनुगमन टोली वा उपसमिति गठन गर्न सक्नेछ।